अमेरिकी डीभीको नतिजा सार्वजनिक, यहाँबाट हेर्नुहोस् नतिजा

अमेरिकी डीभीको नतिजा सार्वजनिक, यहाँबाट हेर्नुहोस् नतिजा


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । अमेरिकी डिभीको नतिजा शनिबार राति सार्वजनिक भएको छ । सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो ।

www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने ब्यवस्था रहेको छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ । यो नतिजामा डीभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भईसक्नु पर्ने छ ।