सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


ग्लोब नेपाल
108
Shares

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४० ०४ नम्बरको मोटरसाइकललाई गएराती साढे १० बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।