चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् ।

गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।