उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा आइतबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार त्रियुगा नगरपालिका–१ का २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अविशेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भइ पल्टिएको हो ।
प्रतिक्रिया