१० दिनपछि हिमामा टेलिफोन सेवा सन्चालन

१० दिनपछि हिमामा टेलिफोन सेवा सन्चालन


ग्लोब नेपाल
162
Shares

जुम्ला । १० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, ‘हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षेति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।’

प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेकाे छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ ।

त्यस्तै, हिमा गाउँपालिका निर्वाचन अधिकृत ऋतु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो भएको छ । उनले टेलिफोनविहिन हुँदा निर्वाचनका बेला कसरी काम गर्ने डर थियो । टेलिफोन सेवा लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र तयार गरेका थियो ।