लिभरपुलले हरायो एस्टन भिल्लालाई

लिभरपुलले हरायो एस्टन भिल्लालाई

सेल्टा भिगोविरुद्ध बार्सिलोनाको सहज जित



लन्डन । एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ । मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधि होड कायमै राखेको छ ।

लिभरपुलको जितमा जोएल माटिप र साडियो मानेले १-१ गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो । जितपछि लिभरपुल ३६ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको समान अंक भएपनि शीर्ष स्थानमा छ । भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा छ ।

सेल्टा भिगोविरुद्ध बार्सिलोनाको सहज जित
पिएरे इमरिक औवामियाङको दुई मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३-१ अन्तरले पराजित गरेको छ । घरेली मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्त्वना गोल फर्काए ।

जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ । पराजित सेल्टा ४३ अंक जोडेर ११औँ स्थानमा छ । ला लिगाको च्याम्पियन भने रियल म्याड्रिड बनिसकेको छ । बार्सिलोनाको दोस्रो स्थानमा रहेर लिग टुंगाउने सम्भावना उच्च छ ।