मोरङमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मोरङमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


ग्लोब नेपाल
189
Shares

मोरङ । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । को ३५ प ७१३८ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ६३४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी साढे ७ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ६३४२ नम्बरको मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय नवराज राईको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बिराटचोकले जनाएको छ ।