पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला


ग्लोब नेपाल
108
Shares

काठमाडौं । कास्की, नवरलपरासी (पश्चिम), काठमाडौं, मकवानपुर र गोर्खामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१६ अर्मलास्थित सडक छेउमा सोही ठाउँ बस्ने धादिङ गंगा जमुना गाउँपालिका–२ घर भएका ४५ वर्षीय पुरी लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका–१३ बडेरास्थित शिव मन्दिर नजिक बाटोको छेउमा सोही ठाउँस्थित घिउडल्ला बस्ने २२ वर्षीय श्याम प्रसाद न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिब चोकस्थित सटरमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको बकैया–२ कैलेनी भिर नजिक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।