भोट हालेपछि प्रकाशमानसिंहले भने- आउने पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ

भोट हालेपछि प्रकाशमानसिंहले भने- आउने पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् । उनीसँगै उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए । परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट पारे ।