प्रधानमन्त्री देउवाद्वारा मतदान, भन्छन्- ‘निर्वाचनले लोकतन्त्र बलियो बनाएको छ’ {तस्विरहरु}

प्रधानमन्त्री देउवाद्वारा मतदान, भन्छन्- ‘निर्वाचनले लोकतन्त्र बलियो बनाएको छ’ {तस्विरहरु}


ग्लोब नेपाल
0
Shares

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेकाे बताए । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएकाे छ,’ उनले भने ।

देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएकाे बताए । कांग्रेस नेतृत्वकाे सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेकाे छ ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।