मुस्ताङका दुई पालिकाको नतिजाः एउटामा कांग्रेस, अर्कोमा एमाले

मुस्ताङका दुई पालिकाको नतिजाः एउटामा कांग्रेस, अर्कोमा एमाले


ग्लोब नेपाल
27
Shares

पोखरा । मुस्ताङको घरपझोङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको नतिजा आएको छ । घरपझोङमा एमालेको किल्ला तोड्दै कांग्रेस उम्मेद्वार विजयी भएका छन् । २०७४ मा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको यहाँ अहिले दुई वटै पदमा कांग्रेसले जितेको छ ।

कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी भएका हुन् । उनले ७६० मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका सन्जयकुमार थकालीले ७५८ मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थकालीले एमालेकी भीमकुमारी शेरचनलाई ७५ मतान्तरले हराएकी छिन् । थकालीले ६९३ मत पाउँदा शेरचनले ६१८ मत पाएकी छिन् ।

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट दोस्राे पटक विजयी भए । उनले भारी मतान्तर सहित गठबन्धनबाट एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन् । विष्टले ६८९ मत पाउँदा गुरुङले १८५ मत मात्रै ल्याए । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरुङले जितेकी छन् ।