रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ मा कांग्रेस प्यानल नै विजयी

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ मा कांग्रेस प्यानल नै विजयी


ग्लोब नेपाल
54
Shares

रसुवा, रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए भने माओवादी केन्द्रका राम तामाङले १ सय ६५ मत ल्याएका छन् । 

आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ को सदस्यमा दावा टासी तामाङ, सोनाम पेम्बा तामाङ, महिला सदस्यमा चेन्चेना तामाङ र दलित सदस्यमा दिलमाया विक विजयी भएका छन् ।