सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छिन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो । भारतिय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई हिजो बेलुकी ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कायालय सिरहाले नियन्त्रणमा लिएको छ ।