गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान

कुवेतबाट आयो पहिलो अन्तर्राष्ट्रिय विमान


ग्लोब नेपाल
108
Shares

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले साेमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो । 

विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । यसअघि बुधबार भारतको दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय  सेनाले उडान गरेको थियो । सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो ।  साताको ३ दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले  १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियाे । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ । 

 पूर्वाधारको काम अझै बाँकी रहेकाे र  यसलाई विस्तारै बढाउदै लैजाने बताइएकाे छ ।

पहिलाे अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उडडयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।