प्रधानमन्त्री देउवा र भारतीय कमकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना 

प्रधानमन्त्री देउवा र भारतीय कमकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना 


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् । 

एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका थिए । 

भारतीय वायु सेनाको हेलिकप्टरमा मोदी लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रार्थनाको लागि मायादेवी मन्दिर गएका थिए ।

‘बुद्ध पूर्णिमाको पावन अवसरमा दुवै प्रधानमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थन गरेका छन्,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएको छ । 

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आएका हुन् । उनले आज ६ घण्टा लुम्बिनीमा बिताई स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।