सिद्धिचरणमा प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले

सिद्धिचरणमा प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले


ग्लोब नेपाल
405
Shares

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले ६ हजार ७९१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत प्राप्त गरे ।

उपप्रमुखमा नेकपा एमालेका केदारबाबु बस्नेतले ५ हजार ६९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गरेका छन् ।

नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एउटा वडा जितेको छ ।

कांग्रेसबाट वडा नं. १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् ।

एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडा नं. २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन् ।