विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी

उपमेयरमा एमालेकी शिल्पा निरौला कार्की विजयी


ग्लोब नेपाल
270
Shares

मोरङ । प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा जितेको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका हुन् । नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गरिन् । शिल्पा निराला कार्कीले २५ हजार ६ सय ८० मत प्राप्त गरेकी थिइन् ।

विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये नेकपा एमालेले ९ वटा वडाध्यक्ष, नेपाली कांग्रेसले ६ वटा वडाध्यक्ष, जनता समाजवादी पार्टी २ वटा वडाध्यक्ष, एउटामा राप्रपाले र एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।