दुई दिन बिदा पुनरावलोकन गर्ने तयारी

दुई दिन बिदा पुनरावलोकन गर्ने तयारी

स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यवहारिक देखिएको ब्रिफिङ


ग्लोब नेपाल
783
Shares

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको गुनासो आएपछि सरकारले यसलाई पुनरावलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य नगरी लागू गरिएको शनिवार र आइतबार बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि यसबारे सोच्ने अवस्थामा पुगेको जनाइएको छ ।

सरकारले यो निर्णयलाई एक–डेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरावलोकन गर्ने बताइदै आएको थियो । सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न गत शुक्रबार मुख्यसचिव शङ्करदास वैरागीले सचिवहरुको बोलाएका थिए । बैठकमा स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यवहारिक देखिएको ब्रिफिङ गरेका थिए।