नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

समितिले उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।