काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन हिंसामा परेको भनिएकी सुस्मिता रेग्मी अदालत हाजिर भएकी छन्। काठमाडौँ जिल्ला अदालतमा अहिले उनको बयान भइरहेको छ ।
मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् । प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा मुद्दा अनुसन्धान गर्ने तयारी गरेको छ ।
आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी ती युवतीले आफूमाथि पाण्डेले पटक-पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी थिइन् । त्यस लगत्तै आइतबार एक किशोरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् । उनले पहिचान खुलाएकी छैनन् ।
प्रतिक्रिया