जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित

उपमेयरमा निर्वाचित नेपाली काँग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाए


ग्लोब नेपाल
1.5k
Shares

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् । आज (सोमबार) साँझ सकिएको मत गणना अनुसार उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साहले नौ हजार ५३२ मत ल्याए । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाए । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहे । उनले पाँच हजार १९४ मत पाए ।

उपमेयरमा निर्वाचित नेपाली काँग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन् । दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।