कुर्सीमा बस्ने वित्तिकै रेणुको दुई महत्वपूर्ण निर्णय

कुर्सीमा बस्ने वित्तिकै रेणुको दुई महत्वपूर्ण निर्णय


ग्लोब नेपाल
432
Shares

चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले आज विहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गरेकी छन् ।

उनले अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गरेकी छन् भने भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकले शुल्क तिर्नु पर्दैन ।

छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्ने उल्लेख छ ।