काठमाडौंमा बालेनलाई २० हजार बढी मतको अग्रता

काठमाडौंमा बालेनलाई २० हजार बढी मतको अग्रता


ग्लोब नेपाल
351
Shares

काठमाडौं । देशका ६ महानगरपालिका मध्ये अब काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाँकी छ । काठमाडौं महानगरपालिकाको जारी मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ ।

वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ।

बालेनले ५४ हजार ७३९ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० तथा एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनुभएको छ । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ ।

स्वतन्त्र उम्मेदवार बालेनले ५४ हजार ७३९ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० मत पाएकी छन् । बालेन र सिर्जनाबीच २० हजार १६९ सयभन्दा बढी मतको अन्तर छ । यसैगरी, मेयरका अर्का उम्मेदवार एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाएका छन् ।