विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने सरकारले गर्यो घोषणा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने सरकारले गर्यो घोषणा


ग्लोब नेपाल
2k
Shares

काठमाडौं । अब विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने भएका छन्। संविधान प्रदत्त आफ्नो मौलिक अधिकारबाट बन्चित रहेका हाल प्रवासमा रहेका लाखौँ नेपालीहरुले यस्तो मताधिकारका लागि निरन्तर आवाज उठाउँदै आइरहेका छन्। विदेशमा रहेका आफ्ना नागरिकलाई मताधिकारको व्यवस्था गर्न चार वर्ष पहिले नै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश नै जारी गरेको थियो। यद्यपि तत्कालीन सरकारले अदालतको आदेशलाई समेत बेवास्ता गर्दै आएको थियो। वर्तमान सरकारले देशबाहिर रहेका आफ्ना नागरिकलाई निर्वाचनमा मतदान गर्न व्यवस्था गर्ने घोषणा गरेको छ।

मंगलवार सरकारले सार्वजनिक गरेको आफ्नो वार्षिक नीति तथा कार्यक्रममा विदेशमा रहेका आफ्ना नागरिकलाई मतदानको व्यवस्था गर्ने उल्लेख छ। यस बारे सरकारको नीति तथा कार्यक्रममा दुई बुँदा उल्लेख गरिएको छ। बुँदा नम्वर १३३ मा अदालतका फैसला एवं आदेश प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ’ भनी घोषणा गरिएको छ। यसैगरी सरकारको नीति तथा कार्यक्रमको १३७ औं बुँदामा ‘ प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाइनेछ’ भनी उल्लेख गरिएको छ।

सोमवार मात्र विश्वभरका नेपाली जनसम्पर्क समितिका तर्फबाट विभिन्न देशका सभापतिहरुले प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउबालाई भेट गरी आफुहरुलाई मताधिकारको तत्काल व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। सोही क्रममा प्रधानमन्त्री देउवाले आफु यसका लागि सधैं सकारात्मक रहेको भन्दै तत्काल कार्यान्वयनका लागि व्यवस्था गर्ने विश्वास दिलाएका थिए। सरकारको वार्षिक नीति तथा कार्यक्रममा आफुहरुको माग सम्बोधन भएपछि आम प्रवासी नेपालीहरु उत्साहित भएका छन्।

अदालतका फैसला