मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने

मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने

बुधबार नै रथ पुगेमा शनिबार जात्रा हुने


ग्लोब नेपाल
297
Shares

ललितपुर । रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आगामी बुधबार रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पुर्‍याइएको रथलाई सो दिन जावलाखेलतर्फ लैजान लागिएको हो । रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ । बुधबार नै रथ पुगेमा शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए ।

कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने आइतबार जात्रा हुनेछ । सामान्यतया रथ लगनखेलबाट हिँडाएको दिनमा नै जावलाखेल पुगेको उनले बताए । जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङमति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङ्मति रहेने गर्छन् ।