इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु



इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध-सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ । अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले आइएसएनएलाई बताउनुभयो ।

अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ । सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ ।

मंगलबार उक्त भवनमालिक र ठेकेदारको पनि हत्या भएको घटनापछि १० जनालाई पक्राउ गरिएको मिजान समाचार संस्थाले जनाएको छ । निर्माणाधीन भवन अबागान शहरको भीडभाड सडकमा अवस्थित छ । यसको वरिपरि व्यापारिक तथा चिकित्सा परिसरहरू छन् ।