डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते

डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते


ग्लोब नेपाल
162
Shares

डोटी । डोटीको सायल गाउँपालिका–१ तेल्परामा आज बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जिप बिहान साढे १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने ५० वर्षीया धारु सुनारको अवस्था गम्भीर रहेको छ । जिप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।