दुर्घटनाग्रस्त तारा एयरको विमानमा धनुषाका एकै परिवारका ७ जना

दुर्घटनाग्रस्त तारा एयरको विमानमा धनुषाका एकै परिवारका ७ जना

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।


ग्लोब नेपाल
180k
Shares

धनुषा । मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज साेमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियाे ।

सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । हिजाे विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको थियाे भने गाउँनै शाेकमा डुबेकाे छ । जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको तारा एयरले जनाइएको छ ।