बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै


ग्लोब नेपाल
216
Shares

मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज आउने भएको छ । प्रदेश सरकारले आगामी आ.ब.को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । देश संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि गठबन्धनको नेतृत्वमा भने पहिलो पटक सदनमा नीति तथा कार्यक्रम आउन लागेको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।

यसअघि शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री शालिकराम जम्मकट्टेलले नीति तथा कार्यक्रमको सिद्वान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिसकेका छन् । उनले शुक्रबार संसदमा पेस गरेको प्रि-बजेटमाथि शनिबार सांसदहरुले छलफल गरेका थिए ।