३२ वर्ष पछि नटिङ्घम प्रिमियर लिगमा बढुवा

३२ वर्ष पछि नटिङ्घम प्रिमियर लिगमा बढुवा



लन्डन । हडर्सफिल्डलाई १-० ले पराजित गर्दै नटिङ्घम फरेस्ट आइतबार राति प्रिमियर लिगमा बढुवा भएको हो । वेम्बलीमा सम्पन्न च्याम्पियनसिपको प्लेअफमा खेलको ४३औं मिनेटमा हडर्सफिल्डका लेभी कोल्विलको आत्मघाती गोल नै नटिङ्घमको जितमा पर्याप्त बन्यो । जेम्स गर्नरबाट आएको क्रसमा कोल्विलबाट आफ्नै पोस्टमा गोल भएको थियो ।

नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो । जितपछि नटिङ्घमा मुख्य प्रशिक्षक स्टिभ कुपरले आफू खेलाडी र समर्थकका लागि निकै खुसी रहेको प्रतिक्रिया दिएका छन् ।