काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ 

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ 


ग्लोब नेपाल
135
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 

मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।

उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् । 

मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

काठमाडौं महानगर प्रमुख साहलाई शपथ
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहलाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउँदै मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा । तस्बिरः प्रदीपराज वन्त