काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई विपक्षी बनाइएको बढुवासम्बन्धी सबै रिटको सुनुवाई जेठ ३० गते गर्ने भएको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासले सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका विषयमा परेको रिट र प्रहरी महानिरीक्षक (आईजी) बढुवाको विषयमा परेको रिटलाई सँगै राखेर जेठ ३० गते सुनुवाई गर्ने आदेश दिएको हो ।
सरकारले सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । सिंहलाई वरिष्ठता मिचेर एआईजीमा बढुवा गरेको भन्दै प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया