इसीडि शिक्षकको तलब १७२५० पुर्‍याउन माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र

इसीडि शिक्षकको तलब १७२५० पुर्‍याउन माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सम्झौता अनुसार बजेट मार्फत आफ्ना मागहरु सम्बोधन गरिनु पर्ने भन्दै अर्थमन्त्री जर्नादन शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासङ्घको एक टोलीले अर्थमन्त्री शर्मासँग भेटगरी आर्थिक वर्ष २०७९/०८० को बजेटमा आफ्ना कुनै कुरा प्रष्ट उल्लेख भएको भन्दै त्यसको अविलम्व प्रबन्ध गर्न माग गरेको हो ।

महासङघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत लगानी प्रबन्ध गर्न र शिक्षक कर्मचारीको समायोचित तलब बृद्धि गर्न भनिएको छ ।

यस्तो छ महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरु:

१. आ.व.२०७८/०७९ को बजेटमा तोकिए वमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको पारिश्रमिक क्रमशःरु २०,५००।– र रु.१५०००।– मा यस पटकको तलव बृद्घि समेत जोडी आ.व. २०७९÷०८० बाट सङ्घीय सरकारबाटै उपलब्ध गराउन ।

२. बालकक्षाका शिक्षकको तोकिएको पारिश्रमिक रु.१५०००।– मा यस पटकको तलव बृद्घि समेत जोडी आ.व.२०७९/०८० बाट सङ्घीय सरकारबाटै उपलब्ध गराउन ।

३. आ.व. २०७८/०७९ को बजेटबाट प्रवन्ध गरिएको सुविधा सहितको १० दिने पर्यटन काज, दुर्घटना विमा तथा स्वास्थ्य सुरक्षा विमा विद्यालयका शिक्षक–कर्मचारीको हकमा समेत लागू हुने प्रबन्ध गर्न ।

४.शिक्षा क्षेत्रका लागि कूल बजेटको २०% लगानीको प्रबन्ध गर्न ।

५.अस्थायी शिक्षकको आन्तरिक परीक्षापछि सेवाबाट वहिर्गमनमा परेका शिक्षकहरु मध्ये केही शिक्षकहरु नियमानुसार गोल्डेन हैण्डसेक लिन छुट्नु भएको छ । त्यस्ता शिक्षकहरुलाई नियमानुसार पाउने गोल्डेन है