साउन १ गतेसम्ममा इम्बोस्ड नम्बर प्लेट नबनाए कारवाही !

साउन १ गतेसम्ममा इम्बोस्ड नम्बर प्लेट नबनाए कारवाही !


ग्लोब नेपाल
190.1k
Shares

काठमाडौं । सरकारले आउँदो साउन १ गतेसम्ममा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही गर्ने चेतावनी दिएको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीसाधनमा साउन १ गतेसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम ९४० मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ । प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीमा चरणवद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न ०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो ।

वाग्मती प्रदेशको एकान्तकुना–ललितपुर र गुर्जुधारा–काठमाडौं तथा गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएको विभागले जनाएको छ । ०७९ साउन १ गतेपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।