भुटानमा आर्थिक संकट जटिल बन्दै

भुटानमा आर्थिक संकट जटिल बन्दै



काठमाडौं । दक्षिण एसियाली मुलुक श्रीलंकाबाट सुरु भएको आर्थिक संकट विस्तारै अन्य मुलुकमा फैलिँदै गएको छ । आर्थिक संकटको चपेटामा पाकिस्तान पनि परिरहेको छ । पछिल्लो समय भुटानमा पनि आर्थिक संकट देखापर्न थालेको छ ।

भुटानका अर्थमन्त्री लोकनाथ शर्माका अनुसार ग्रामीण क्षेत्रमा खाद्य अभाव हुन थालेको छ । मन्त्री शर्माका अनुसार देशमा ८ लाखभन्दा भन्दा कम जनसंख्या छ, यद्यपि रुस–युक्रेन युद्धले खाद्यन्न अभाव सिर्जना भएको हो ।

रुस–युक्रेन युद्धले कच्चा तेल र खाद्यन्नको मूल्यमा अत्याधिक वृद्धि भएको छ । यो मूल्यवृद्धिले भुटानको अर्थव्यवस्थामा चुनौति उत्पन्न भएको हो । भुटानमा अधिकांश खाद्यन्न भारतबाट आयात हुन्छ । भुटानले गत वर्ष ३० दशमलब ३५ मिलियन डलर बराबरको खाद्यन्न खरिद गरेको थियो । यसमा मुख्य गरेर चामल र गहुँ सामेल थियो ।

अहिले भारतले चिनी र गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिवन्धले भुटानमा आर्थिक संकट झन जटिल बन्न देखिएको छ । भुटानको अर्थमन्त्रालयका अनुसार खाद्यन्नमा मूल्य वृद्धिले महँगी बढेको छ । केही देशले खाद्यन्न निर्यातमा रोक लगाएका छन् ।