इटाली र जर्मनले अंक बाँडे, इंग्ल्यान्ड पराजित

इटाली र जर्मनले अंक बाँडे, इंग्ल्यान्ड पराजित


ग्लोब नेपाल
0
Shares

लन्डन । युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे ।

जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् । यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्ड पुछारमा छ ।

यसैगरी समूह ‘आई’ को खेलमा टर्कीले फारो इजल्यान्डलाई ४–० ले पराजित ग¥यो । टर्कीका लागि सेन्जीन अन्डरले ३७, हलिल डेरभिसगुलले ४७, सेरडर डुरसनले ८२ र मेरिच डेमिरलले ८५ औं मिनेटमा गोल गरेका थिए । यस्तै समूह ‘जी’ को खेलमा मन्टेनिगुरोले रोमानियालाई २–० ले पराजित ग¥यो । मन्टेनिगुरोका लागि स्टेफिन मुगुसाले ६६ औं र मार्को भुकसिभिकले ८७ औं मिनेटमा गोल गरेका थिए ।

इंग्ल्यान्ड हंगेरीसँग पराजित
हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।