चिलीमाथि दक्षिण कोरियाको जीत, ब्राजिलले जापानलाई हरायो

चिलीमाथि दक्षिण कोरियाको जीत, ब्राजिलले जापानलाई हरायो


ग्लोब नेपाल
162
Shares

लन्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे ।

खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २–० को जित निश्चित गरेेकाे हाे । खेलको ५२औं मिनेटमा एलेक्स आइबाक्यासले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिदै खेलको अन्त्य गरेको थियो ।

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ ।

नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ । सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो । ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो ।

जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो । प्रधानमन्त्री जोनसनले आफ्नो विश्वास मतको जितलाई ‘निर्णायक’ भनेर वर्णन गरेका छन् ।