अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना

अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना



न्युयोर्क । कोभिड भाइरस महामारीले विगत दुई वर्षयता विश्वभर असर गरेको छ । घातक भाइरसले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौंलाई शोकाकुल बनाएको छ । भाइरससँग लड्न कोभिड खोप पनि विकसित भए । तथापि, विश्वले विभिन्न भागहरूमा समान रूपमा खोप वितरणमा चुनौती सामना गर्‍यो ।

उच्च तथा मध्यम आय भएका देशले आफ्ना नागरिकलाई पहिलो र दोस्रो डोज खोप दिइरहेका बेला अधिकांश अफ्रिकी देश खोपबाट बञ्चित रहे । धेरैको जीवन बचाउन र संक्रमण फैलिनबाट रोक्न तथा खोपको आवश्यक भएका मानिसहरूमा पुर्‍याउन खोप पर्याप्त रहेको विश्व स्वास्थ्य संगठनले एक पटक जनाएको थियो ।

हालसालै सार्वजनिक भएको एउटा रिपोर्टले पनि सोही विषयलाई प्रकाश पारेको छ । अमेरिकी सञ्चार माध्यम एनबीसीका अनुसार सन् २०२० को डिसेम्बरदेखि मेको मध्यसम्म अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना भएका छन् । रोक नियन्त्रण तथा रोकथाम केन्द्रलाई उदृत गर्दै एनबीसीले ठूलो परिमाणमा कोभिड खोप खेरा गएको उल्लेख गरेको हो ।

यसअघि फेब्रुवरीको सुरुमा सीडीसीले कोभिड खोपको माग घट्दै जाँदा थप खोप खेरा जाने सावधानी दर्शाएकाे थियो । सीडीसीले आफ्नो वेबसाइटमा यस्तो भनेको थियो, ‘भ्याक्सिन प्रशासनको दर सुस्त हुँदै जाँदा र प्रदायकहरूले सम्भव भएसम्म प्रत्येक डोज प्रयोग गर्न उत्तम अभ्यासहरू पालना गरिरहँदा पनि प्रयोग नगरिएको डोजलाई शिशिमा छोड्ने सम्भावना बढ्न सक्छ ।’

रिपोर्टअनुसार बिरामीलाई खुवाउनुअघि नै खोप एक्सपायर भएकाले ठूलो हिनामिना भएको हो । शिशिहरू फ्रिजमा राख्नुपर्ने भएकाेमा केही डोजहरू लोडसेडिङका कारण हिनामिना भएका थिए ।