चीनको छङतुबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय रेल्वे सञ्चालनमा

चीनको छङतुबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय रेल्वे सञ्चालनमा


ग्लोब नेपाल
279.1k
Shares

काठमाडौं । गत जुन ४ तारिख दैनिक उपभोग्य वस्तु र इलेक्ट्रोनिक सामानले भरिएको अन्तर्राष्ट्रिय रेल छङतु अन्तर्राष्ट्रिय रेल्वे सुख्खा बन्दरगाहबाट नेपालको राजधानी काठमाडौंतर्फ प्रस्थान गरेको छ । चीनको सछ्वान प्रान्तीय सदरमुकाम छङतुबाट दक्षिण एसियाली देशहरूमा जाने यो पहिलो अन्तर्राष्ट्रिय मालवाहक रेल हो।

छङतुबाट प्रस्थान गरेको यो रेल कान्सु प्रान्त हुँदै तिब्बतको सिगात्सेसम्म पुग्ने छ। त्यसपछि ती सामानहरू केरूङ नाका हुँदै स्थलमार्गबाट कन्टेनरमा ढुवानी गरिएर राजधानी काठमाडौं पुग्ने छ। यस रूटको कुल दुरी लगभग २ हजार ८ सय किलोमिटर भएको बताइएको छ।

छङतु सुवानसिन सप्लाई चेन लिमिटेडका प्रमुख थाङ फङछाउले दिएको जानकारी अनुसार गाडी र जहाज जस्ता परम्परागत यातायातका साधनको तुलनामा अन्तर्राष्ट्रिय रेल ढुवानी सुरक्षित र अत्यन्तै भरपर्दो हुन्छ। जसबाट सम्पूर्ण यातायातको समयलाई २० दिन कम गराएको छ।

उक्त रेललाई दक्षिण एसिया आर्थिक तथा व्यापार कोरिडोरको रसद नेटवर्कको एक भाग हो । यो नेटवर्क चीन–पाकिस्तान आर्थिक करिडोर क्षेत्रहरूमा प्रवेश गर्ने छङतु अन्तर्राष्ट्रिय रेलवे कम्पनीका उपमहाप्रबन्धक वाङ वेइखुनले बताए ।

यसले गर्दा दक्षिण एसियाली क्षेत्रको व्यापार लगायत उच्च गुणस्तरीय विकासको प्रवर्द्धनका लागि हितयुक्त हुने विश्वास गरिएको छ।

– सीआरआई नेपाली सेवाबाट