इसिडी शिक्षकको तलव बढ्यो !

इसिडी शिक्षकको तलव बढ्यो !


ग्लोब नेपाल
4.2k
Shares

काठमाडौं । बालविकास सहजकर्ता (इसिडी शिक्षक)को पारिश्रमिक वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा नै बाल विकास सहजकर्ताको मासिक दुई हजार रुपियाँका दरले पारिश्रमिक वृद्धि भएको हो । संघ सरकारलेले गत वर्षदेखि ८ हजार रुपियाँ प्रदान गर्दै आएकोमा आर्थिक वर्ष २०७९/०८० देखि दुई हजार रुपियाँ थप गरेर १० हजार रुपियाँ उपलब्ध गराउने गरी वृद्धि गरिएको अर्थ मन्त्रालयले जानकारी दियो ।

अर्थ मन्त्रालयका अनुसार वजेट भाषणमा उल्लेख नगरीए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत एक्टीभीटी भनेर बाल विकास सहजकर्ताको तलब वृद्धिका लागि एकमुष्ठ रकम राखिएको जानकारी दियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रकम अर्थ मन्त्रालयले कार्यक्रम अन्तर्गत राखेर केन्द्रलाई पठाएको जानकारी दिएको छ ।