पेट्रोल, डिजेल र मट्टीतेलमा फेरि मूल्यवृद्धि

पेट्रोल, डिजेल र मट्टीतेलमा फेरि मूल्यवृद्धि

पेट्रोलमा आठ रुपैयाँ मूल्य बढाएको छ


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । बजेट कार्यान्वयन गर्दै प्रतिलिटर १० रुपैयाँ घटाएको साता दिन नबित्दै निगमले पेट्रोलमा आठ रुपैयाँ मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलमा भने १२-१२ रुपैयाँ बढाएको छ ।

यसअघि गत १९ जेठमा पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य समायोजन गरेको थियो । बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ तथा डिजेल र मट्टीतेल १ सय ६५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भाउ यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य बढाउँदा पनि १५ दिनको घाटा करिब ३ अर्ब ८९ करोड कायम नै हुने दाबी नेपाल आयल निगमले गरेको छ । २५ जेठ सम्ममा निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई २० अर्बभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाएको छ । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।