ओमनसँग नेपाल १३ रनले पराजित

ओमनसँग नेपाल १३ रनले पराजित


ग्लोब नेपाल
135
Shares

टेक्सस । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए । यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२ रन बनाए ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ तथा बिलाल खानले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले अविजित रहदै १ सय ४ रनको शतकीय इनिङ खेले । खवर अलिले ३०, सोयब खानले २७ तथा सुरज कुमारले १२ रन बनाए । नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए । यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए ।

यो हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमै रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।