जिसस कपिलवस्तुको छिनोफानो गोलाबाट, प्रमुखमा एमालेका बाबुराम विजयी

जिसस कपिलवस्तुको छिनोफानो गोलाबाट, प्रमुखमा एमालेका बाबुराम विजयी


ग्लोब नेपाल
135
Shares

कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुको शुक्रबार भएको निर्वाचनमा दुबै उम्मेदवारको मत बराबर आएपछि गोला थुतेर निर्वाचित गरिएको छ।

१० वटा स्थानीय तह रहेको कपिलवस्तुमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका ज्ञान बहादुर कार्की र एमालेका बाबुराम आचार्यले प्रमुखमा उम्मेदवारी दिएका थिए। मतदानमा दुबै जनाको १०र१० मत आएपछि गोला तान्दा एमालेका आचार्य निर्वाचित भएका हुन्। एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपाको समर्थन रहेको थियो।

त्यस्तै, उपप्रमुखमा पनि एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन्। कुर्मी लोसपाका हुन्। कुर्मीले ११ मत ल्याएका छन्। सत्तारूढ गठबन्धनबाट जसपाका वीरेन्द्र प्रताप गडेरियाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए।

समितिका ७ जना सदस्य पनि गोला तानेर निर्वाचित भएका छन्। जसअनुसार नेपाली कांग्रेसका सुनिता चमार, मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन्। यसैगरी, एमालेकी सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खाँ पनि सदस्यमा निर्वाचित भएका हुन्।