विश्व कप क्रिकेट लिग-२ : आज अमेरिकाविरुद्ध नेपाल खेल्दै

विश्व कप क्रिकेट लिग-२ : आज अमेरिकाविरुद्ध नेपाल खेल्दै

खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ


ग्लोब नेपाल
351
Shares

काठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । नेपालको १२ अङ्क रहेको छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।