दक्षिण भारतीय अभिनेता मोहनलालविरुद्ध मुद्दाको तयारी

दक्षिण भारतीय अभिनेता मोहनलालविरुद्ध मुद्दाको तयारी


ग्लोब नेपाल
162
Shares

मुम्बई । अवैध रुपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहनलाल कानुनी झमेलामा पर्ने भएका छन् । उनीविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको छ । किनकी तल्लो अदालतले उनीविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई खारेज गरिदिएको छ । प्रथम श्रेणी मजिस्ट्रट कोर्ट पेरुम्बवुरले निवेदन खारेज गरेका हुन् ।

केरला सरकारले आफ्नो निवेदनमा मामिलालाई आधारहीन बताउदै अदालतसमक्ष मुद्दा बन्द गर्न आग्रह गरेको थियो । सहायक लोक अभियोजकले मुद्दालाई अगाडि बढाउनु निरर्थक अभ्यास र अदालतको महंगो समयको बर्बादी भनेको थियो ।

यद्यपि, वकिल अब्राहम पी मेन्चिकाराले अभियानलाई फिर्ता लिनुपर्ने कुराको विरोध गर्दै मोहनलालसँग हात्तीको दाँतको स्वामित्वको प्रमाण पत्र नभएको अवस्थामा मुद्धालाई फिर्ता लिनु आधारहीन हुने बताए । ‘हात्तीका दाँतको जोडी पाइएको थियो, जबकी १३ हात्तीदाँत कलाकृतिहरुका लागि अभिनेताकाविरुद्ध कुनै पनि मुद्दा चलेन’, उनले भनेका छन् ।

सन् २०१२ मा आयकर अधिकारीहरुले मोहनलालको घरमा छापा मार्दा चार हात्तीका दाँत भेटेको थियो, त्यसपछि उनको विरुद्ध उजुरी परेको थियो ।