प्रशारण लाइनमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न सेनालाई उर्जामन्त्रीको आग्रह

प्रशारण लाइनमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न सेनालाई उर्जामन्त्रीको आग्रह


ग्लोब नेपाल
162
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी छन् ।

शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘ नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

नुवाकोट बेलकोटगढी–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका- ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका थिए । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन मानेका छैनन् । प्रहरीका अनुसार उनी मानसिक रोगी समेत हुन् ।

उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशूली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

यो पनि: प्रशारण लाइनमा मान्छे चढेपछि विद्युत उत्पादन बन्द, भारतबाट ल्याएर माग धानिँदै

यो पनिककनीको विद्युत प्रसारण लाइनमा सन्की मान्छे चढेपछि ६० मेगावाटको आयोजना नै बन्द