भारतमा कोरोना संक्रमितको संख्या बढ्दो

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो

चौथो लहर आउन लागेको आशंका



नयाँ दिल्ली । भारतमा विगत केही सातादेखि कोभिड १९ का संक्रमितहरुको संख्या निक्कै बढ्न थालेको छ । संख्या बढेसँगै भारतमा कतै कोभिडको चौथो लहर त आउन थालेको होइन भनी आशंका समेत गर्न थालिएको छ ।

पछिल्लो २४ घन्टामा त्यहाँ ८ हजार ३ सय २९ जना नयाँ संक्रमित थपिएको र कोभिड कै कारण १० जनाको मृत्यु भएको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको यो संख्या १०३ दिन यताकै सबैभन्दा बढी हो । भारतको महाराष्ट्र, दिल्ली, पश्चिमबंगाल, कर्नाटक र केरला लगायतका राज्यहरुमा कोभिडका संक्रमितहरु बढ्दै गएको तथ्याङ्क ले देखाएको छ ।

कोभिड कै कारण भारतमा हालसम्म ५ लाख २४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । कोभिडको संक्रमणबाट बचाउन त्यहाँ १ अर्ब ९४ करोड भन्दा बढी खोप लगाइसकिएको छ ।