निर्वाचन आयोगले भन्यो: निलम्बित गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न पाउदैनन्

निर्वाचन आयोगले भन्यो: निलम्बित गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न पाउदैनन्


ग्लोब नेपाल
54
Shares

काठमाडौं । निलम्बनमा परेका कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय कुनै पनि अधिकार प्रयोग गर्न नपाउने भएका छन्।

आईतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई पत्र लेख्दै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो। भ्रष्टाचार मुद्दा बिशेष अदालतमा भएका बेला गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वत निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन जारी गरिएको हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दा किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेका व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ,’ आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको पत्रमा भनिएको छ।