अमेरिकाको आइडाहो राज्यमा दंगा गर्ने षड्यन्त्र गरेको आरोपमा ३१ जना पक्राउ

अमेरिकाको आइडाहो राज्यमा दंगा गर्ने षड्यन्त्र गरेको आरोपमा ३१ जना पक्राउ



न्यूयोर्क । अमेरिकाको आइडाहोमा जुलूस नजिकै दंगा गर्ने षड्यन्त्र गरेको आरोपमा ३१ जना पक्राउ परेका छन। आइडाहोका प्रहरी अधिकारीहरूले स्वेत राष्ट्रवादी मोर्चा समूह (प्याट्रियट फ्रन्ट) भनेर चिनिने ३१ जनालाई हिजाे शनिबार पक्राउ गरेका हाे ।

आइडाहोको कोरडेलेन शहरमा प्राइड परेड नामक जुलूस नजिक भेला भएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरूसँग भएको सामग्री र उपकरणका आधारमा उनीहरू दंगा गर्न आएका एलेन प्रहरी प्रमुख ली ह्वाइटले पत्रकार सम्मेलनमा भने।

एफबीआईले स्थानीय प्रहरीलाई यसको अनुसन्धानमा सहयोग गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरूले उस्तै प्रकारका चिन्ह सहित देशभक्त मोर्चा (प्याट्रियट फ्रन्ट) सँग सम्बन्धित समान लुगा लगाएका थिए।

कब्जा गरिएको सामानमा कम्तिमा एउटा धुवाँ हातेगोल (ग्रिनेड ) थियाे, प्रहरीले भन्याे ‘उत्त समूहसँग “शरीर ढाक्ने सुरक्षा उपकरण र अन्य दंगा सामग्रीहरु थिए ।’

३१ व्यक्तिलाई दंगाको षड्यन्त्रको आरोपमा पक्राउ गरिएको छ भने उनीहरू ११ राज्यबाट आएका थिए। प्रहरीहरुलाई खबर गरेपछि कम्तिमा २० जान मानिसहरु यु हल नामक भाडामा चल्ने सवारी साधनमा हाम फालेकाे टेलिभिजन समाचारहरुमा उल्लेख छ ।