राज्यमन्त्री वलीलाई कारबाहीकाे माग गर्दै प्रहरी कार्यालय अगाडि धर्ना

राज्यमन्त्री वलीलाई कारबाहीकाे माग गर्दै प्रहरी कार्यालय अगाडि धर्ना

प्रहरीले अहिले विमला वलिलाई इलाका प्रहरी कार्यालयमा राखेको छ


ग्लोब नेपाल
270
Shares

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई कारबाहीकाे माग राख्दै स्थानीय महिलाहरुले इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि धर्ना दिएका छन । महिलाहरुले मन्त्री वलीविरुद्ध नाराबाजी पनि गरेका छन ।

मन्त्री वलीले महिला र बालिका माथि हातपात गरेकाे आराेप लागेकाे छ । महिलामाथि हातपात गरेकाे अभियाेगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेकाे आराेप मन्त्री वलीमाथि लागेको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । प्रहरीले अहिले विमला वलिलाई इलाका प्रहरी कार्यालयमा राखेको छ ।